२८ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं २ रुपन्देहीले अभिमुखीकरण तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । शनिबार बुटवल स्थित मिलन पार्कमा नेता, कार्यकर्ता तथा पार्टीका शुभेच्छुकहरुका बीचमा अभिमुखीकरण कार्यक्रम सहित वनभोज र भेट्घाट गरेको हो । सो अवसरमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज नारायण जिसी (निर्मल) ले पार्टीको दुई महिने जागरण अभियान रुपन्देहीमा द्रुत गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै यसलाई जनतासम्म पुर्याउन र सफल बनाउन आम कार्यकर्ता तथा नेताहरुलाई आग्रह गर्नुभएको छ ।

नेता जिसीले अभियान भित्रै स्थानीय सरकार र सार्वजनिक सेवा प्रवाह क्षेत्रमा पार्टीले खबरदारी र जवाफ माग्ने बताउनु भएको छ । सेवा प्रवाहमा जनतामैत्री र जवाफदेहीताका लागि पार्टीले अभियान सुरु गरेको बताउँदै सरकारी अस्पतालले साच्चिकै जनतालाई उपचार गरिरहेका छन् कि छैनन् ? विद्यालयले विद्यार्थीलाई पढाई रहेका छन् कि छैनन् ? भन्ने कुराको निगरानी र खबरदारी अभियान पार्टीले चलाउने बताउनुभयो । यसैबीच नेता जिसिले आम कार्यकर्ता नेताहरुलाई पार्टीको मर्निङ वाक संगसगै पार्टी अभियानमा जोडिन र जनताका काममा खटिन आग्रह गर्नुभएको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु पुष्पराज ढकाल (क्षितिज), महेन्द्र भुषाल, डिवि रायमाझी लगायतले बोल्नुभएको थियो ।

