मंगलमय सहकारीको १९ औं साधारणसभा

बुटवल । मंगलमय सहकारीको १९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष क्या. किशन बहादुर थापाको अध्यक्षतामा सहकारीका संरक्षक खक प्रसाद पुनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
संरक्षक पुनले बोल्दै मंगलमय सहकारीले सेयर सदस्यको हकहितमा राम्रो काम गर्दै आएको बताए । उनले सहकारीमा सदस्यको बचतसंगै आर्थिक चलायमान पनि हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो।
सहकारीका अध्यक्ष क्या. थापाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राम बहादुर थापाको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक नरबहादुर दर्लामीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।


कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तिल बहादुर थापा, वरिष्ठ सल्लाहकार होम बहादुर गलामी, सल्लाहकारहरु जनक बहादुर थापा, बुटवल वडा नं १० का जनप्रतिनिधि मीन बहादुर सारु मधु राना, शेयर सदस्य गौमाया थापा, डम्बर बहादुर राना मगर लगायतले मन्तव्य राख्दै सहकारीले मानिसको आर्थिक समस्यामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबैलाई सहकारीमा जोडिएर आर्थिक प्रगति गर्न जोड दिनुभएको थियो । त्यस्तैगरी ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट रक्तदाता, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा १९ वर्ष सम्म आइपुग्दा कुल ४ करोड २ लाख ३५ हजार ५ सय शेयर पूँजी, कुल बचत रकम ४२ करोड २२ लाख ३२ हजार ९ सय ५२ रुपैयाँ ४२ पैसा रहेको छ भने ८ सइ ६१ जना महिला सदस्य र ५ सय ७० जना पुरुष सदस्य गरी कुल १ हजार ४ सय ३१ जना सेयर सदस्यहरु आवद्ध छन् । सहकारीका उपाध्यक्ष तुल्सा कबदारको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव थर्क बहादुर बारघरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !