प्रेसमाथिको ज्यादती बन्द गर्‌

धेरै पर नपुग्ने हो भने नेपालको संविधानप्रदत सूचनाको हक प्रयोग गरेर आम नागरिकलाई सुसूचित गर्ने पत्रकारिता जगतमाथि वि.स. २०८१ सालको अन्तिम चैत्र महिनाको १५ गते दुर्गाप्रसाई समर्थित राजावादीको नाममा भएको कथित ‘आन्दोलनमा’ एक जना पत्रकार ज्यँुदै जल्नुपर्ने अवस्था आयो । २०८२ भदौं २३ र २४ गतेको जेनजी उमेर समूहको नाममा भएको हिंसात्मक आन्दोलनमा पनि कयौं पत्रकारहरु असुरक्षित बने । यहि आन्दोलनको उपजमा भएको निर्वानबाट बनेको अहिलेको रास्वपा सरकार पनि राज्य संयन्त्रको दुरुपयोग गर्दै सञ्चार गृह र पत्रकार माथि आक्रामक ढंगको निकृष्ट व्यवहारमा उत्रिन सुरु गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । आलोचना सहन् गर्न नसक्ने अहिलेको बालेन नेतृत्वको रास्वपा सरकारले सरकारको नराम्रा कार्यको समाचार लेख्ने, विषय उठान गर्ने सञ्चार गृहका अगाडि छानी–छानी गाडि तेर्स्याएर धम्क्याउने सम्म कार्य गर्न उद्धत रह्यो । यतिले मात्र रिस, आवेग, क्रोध, छुचो तत्काल जवाफ फर्काउनु पर्ने र्‍यापर शैलीको व्याकग्राउण्ड बोकेका प्रम बालेन सरकारको अझै चित्त नबुझेको, उसको जवाफ नपुगेको प्रतित गरायो हिजोको अमर्‍यादित घटनाले । सरकार अब गैह्रन्यायिक र सांघातिक ढंगबाट अगाडि बढेर अब गुण्डाराज शैलीमा पत्रकारहरुलाई प्रहरीको झोलामा कुमल्याउन लागिपरेको देखियो । हिजो कात्तिक १३ गते शुक्रबार राष्ट्रिय सञ्चार गृहहरुमा प्रवेश गरेर ठाडो रुपमा पत्रकारहरुलाई अनौपचारिक प्रहरी लगाएर उठाउने जुन कार्य भयो, यो अवान्छित छ । सादा पोशाकका प्रहरी लगाएर कानुन विपरित धरपकड गर्ने र तर्साउने जुन कार्य अक्षम्य पनि ।
प्रेस जगतले कुनै पनि पक्षको सहि र गलतको सूचना आम नागकिलाई दिनु उसको धर्म हो । यसमा पत्रकार जगत राज्यले गरेको धरपकडको तुलनमा त्यति धेरै च्युत नै भइसकेको अवस्था चाँही देखिदैन । समाचारका विषयमा कुनै चित्त नबुझेको खण्डमा उजुरी र छानविनका लागि राज्यले आफैले नै निर्माण गरेको सरकारी निकाय प्रेस काउन्सिल नेपाल छ । यस मार्फत गलत समाचार प्रकाशन गर्ने पत्रकारलाई दण्ड र संजाय दिने व्यवस्था हुँदाहुँदै यसतर्फ नलागी सरकार आफैं प्रहरीलाई वर्दी फुकाल्न लगाएर कार्यकक्षबाट पत्रकार उठाउन लगाउने ज्यादती र खेदजनक तरक्कीलाई कानुनी र जवाफदेही अभ्यास भन्न किमार्थ सकिदैन । यस्ता कार्य बन्द हुनुपर्दछ । यस्ता गलत कार्यको प्रेस जगतले घोर भत्र्सना गर्नु पर्दछ, यसको विपक्षमा उभिनु पर्दछ । राज्यको यस्तो कार्यले पत्रकारलाई विचलित पार्ने मात्र नभई सामाजिक रुपमा आम मानिसमा राज्यको त्रास, आतङ्क सिर्जना गर्ने निम्नस्तरको देखिस ? बुझिस ? भन्ने प्रतिशोधपूर्ण क्रोधित र आवारा शैलीलाई प्रोत्साहान र सतहमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस !