नेकपा रुपन्देहीले शुभारम्भ गर्‍यो जागरण अभियान

वामपन्थीहरु निराश हुनुपर्दैन : खनाल

नेकपा रुपन्देहीले शुभारम्भ गर्‍यो जागरण अभियान

बुटवल : नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियानको एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवले बिहिबार बुटवलमा उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै इन्चार्ज खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरुले नेपालका वामपन्थी पार्टीहरु निराश हुनु नपर्ने बरु उत्साहित हुनु पर्ने बताए । विश्वव्यापी रुपमा पूजिवाद भन्दा कम्युनिस्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको खनालको भनाई छ ।

ब्राजिलमा चौथो पटक कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित भएका र लाखौं जनता विजयउत्सव मनाउन सडकमा उत्रिएको घटना नेपालका वामपन्थीका लागि सकारात्मक भएको बताए । दीपक भट्ट जस्ता बिचौलिया दलाललाई प्रयोग गरेर केपी ओलीले नेपालमा कम्युनिष्ट एकता भताभुङ्ग बनाएको खनालको आरोप छ । खनालले जेन जी आन्दोलनले विश्वव्यापी रुपमा पुराना दल र नेतृत्वप्रति राम्रो काम गरेको भएपनि जबरजस्त नकारात्मक धारणा स्थापित गरिदिएका कारण अब पार्टीमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिए । पार्टीमा युवा पंक्ति नबढाउने हो भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, मोहन वैद्यको पार्टी जस्तो खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको स्पष्ट पारे ।

नेकपाले जागरण अभियान अन्तर्गत सदस्यता विस्तार र संगठन विस्तार, आगामि स्थानीय तहको निर्वाचनको तयारी तथा सरकारका गलत कदमका विरुद्ध जनतालाई बुझाउने कार्यक्रम रहेको नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसिले बताए । यस्तै जागरण अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देही संयोजक बाबुलाल यादव, पूर्व प्रदेश सांसद दीपा विश्वकर्मा, नेता पुष्पराज ढकाल (क्षितिज) लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !