
बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सुदर्शन वरालले अहिलेको सरकार अराजक शैलीमा पुलिस स्टेट बनाउन लागि परेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटनमा बोल्दै नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकारले पुलिस स्टेट बनाउन लागि परेको बताएका हुन् । उनले पूर्वप्रधानन्यायधिशलाई सुरक्षा चुनौतीको वाहनामा पक्राउ गर्नेदेखि वहालवाला मन्त्रीलाई समेत १२ बजे राती थुन्न भन्ने आदेशले सरकार पुलिस स्टेट बनाउन अग्रसर रहेको बताएका हुन् । उनले सरकारको आलोचना गर्ने प्रेसदेखि लिएर न्यायलय, प्रहरी सबैलाई आफ्नो मातहतमा राख्ने काम भएको दावी गरे । उनले सरकारकै गृहमन्त्री सुधन गुरुङसँग हदबन्दी भन्दा बढी जग्गा देखिएको कारवाही नभएको बताए ।
‘हदबन्दी भन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ’ उनले प्रश्न गरे । उनले सुशासन, पारदर्शीताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दी भन्दा जग्गा र सुन हुने कुरा आफैमा आश्चर्यजनक रहेको बताए । ‘गिट्टी कुट्ने बुवा आमाको भिडियो आउँछ , मन्त्रीको सुन देखिन्छ’ उनले भने –‘रास्वपाका सांसद हुनेवितिकै सुन फल्छ ।’ नेकपाका केन्द्रीय संयोजन समिति सदस्य बरालले सुकुम्बासीलाई रुँदै पठाउने रास्वपाको सरकार गलत बाटोमा हिडेको बताए । उनले बुटवल सहित देशैभरका सुकुम्बासीहरुले पछि मात्रै लालपूर्जा पाएको बताए । उनले नागरिकता विवादमा परेकी तिब्बती शरणार्थीको छोरी र विदेशबाट करोडौं रकम खातामा आएकी आनी छोइङ डोल्मालाई छानवीन गरेर कारवाही गर्नुको साटो लुम्बिनी विकास कोषमा नियुक्ति दिइएकोमा पनि आपत्ति जनाए ।
