देवदह। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत जोन XVIII र XIX द्वारा आयोजित जोनल COTS (Club Officers Training Seminar) मा ३१ जना सदस्यको सहभागितासहित ‘हाइएस्ट पार्टिसिपेसन अवार्ड’ प्राप्त गरेको छ।
कार्यक्रममा क्लबका ३१ जना सदस्यको उत्साहजनक सहभागिताले संस्थाप्रतिको एकता, सक्रियता तथा नेतृत्व विकासप्रतिको प्रतिबद्धता झल्काएको छ। सदस्यहरूको उल्लेखनीय उपस्थितिका आधारमा क्लबले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो।
जोनल COTS मा सहभागी सदस्यहरूले रोट्रयाक्टको उद्देश्य, क्लब पदाधिकारीहरूको जिम्मेवारी, नेतृत्व क्षमता विकास तथा प्रभावकारी क्लब सञ्चालनसम्बन्धी विभिन्न विषयमा ज्ञान र अनुभव हासिल गरेका थिए। यस्ता तालिम तथा प्रशिक्षण कार्यक्रमले सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम सफलतापूर्वक आयोजना गरी सदस्यहरूलाई सिक्ने, अनुभव आदानप्रदान गर्ने तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गरेकोमा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ तथा जोन XVIII र XIX प्रति आभार व्यक्त गरेको छ।
क्लबले आगामी दिनमा पनि आपसी एकता, सक्रियता र सहकार्यलाई निरन्तरता दिँदै सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न गतिविधिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
३१ जना सदस्यको सहभागितासहित प्राप्त यस उपलब्धिले क्लबको सक्रियता र सामूहिक प्रयासलाई थप प्रोत्साहन मिलेको बताइएको छ।
