विश्व पोलियो दिवसमा सचेतना र्‍यालीमा रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहको सहभागिता

समाचार

बुटवल। विश्व पोलियो दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित सचेतना र्‍यालीमा रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहले सक्रिय सहभागिता जनाएको छ।

विभिन्न रोटरी तथा रोट्र्याक्ट क्लबहरूको समन्वयमा आयोजित उक्त र्‍याली पोलियो रोग उन्मूलन गर्ने, यस रोगको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने तथा आगामी पुस्तालाई पोलियोमुक्त भविष्य प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहका वर्ष २०२६–२७ का अध्यक्ष रोट्र्याक्टर कमल थापाको अध्यक्षतामा क्लबका सदस्यहरू रोट्र्याक्टर अभिषेक बानियाँ, इन्दिरा हमाल, मेनका चापागाईं, कमल भुसाल, पर्वेश अधाईलगायत अन्य रोट्र्याक्टरहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बुटवलस्थित मुटु अस्पतालबाट सुरु भएको र्‍याली ट्राफिक चोकसम्म पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागी विभिन्न रोटरी तथा रोट्र्याक्ट क्लबका सदस्यहरूले पोलियो उन्मूलन अभियानप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सर्वसाधारणमा जनचेतना फैलाएका थिए।

पोलियो उन्मूलनका लागि जनसहभागिता, सचेतना र सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आयोजित कार्यक्रमले स्वस्थ तथा सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहले पनि पोलियोमुक्त विश्व निर्माणको अभियानमा निरन्तर हातेमालो गर्दै स्वस्थ, सुरक्षित र पोलियोमुक्त समाज निर्माणका लागि प्रतिबद्ध रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !