रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको २८८औँ नियमित बैठक तथा पिता सम्मान कार्यक्रम सम्पन्न

देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको २८८औँ नियमित बैठक तथा पिता सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। २०८३ साल भदौ २६ गते इन्टेक होटलमा आयोजित कार्यक्रम क्लबका वर्ष २०२६र२७ का अध्यक्ष रो। कमल थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरियन देवी लाल भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव रो। रमित चापागाईंले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी पिता तथा अभिभावकहरूलाई सम्मान गरिएको थियो। पिता तथा अभिभावकले परिवार र समाजमा पुर्‍याउँदै आएको योगदानप्रति सम्मान तथा कदर गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले पारिवारिक सम्बन्ध, सम्मान र संस्कारको महत्त्वलाई उजागर गरेको थियो।
कार्यक्रममा क्लबका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। नियमित बैठकसँगै पिता सम्मान कार्यक्रम आयोजना गरिनुले रोट्रयाक्ट क्लब सामाजिक सेवासँगै पारिवारिक तथा सामाजिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनप्रति पनि प्रतिबद्ध रहेको सन्देश दिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, पिता तथा अभिभावक, रोट्रयाक्टर तथा शुभेच्छुकहरूप्रति क्लब परिवारले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !