९ असार, बुटवल । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुलाई लक्ष्यित गरि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना बढाउने उदेश्यले विद्यार्थीहरुलाई मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरेको हो । सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालय प्रमूख प्रहरी उपरिक्षक निशान थापाले बोल्दै ट्राफिक नियमको सामान्य पालना गरेमा मात्रै पनि दुर्घटना टार्न वा न्युनिकरण गर्न सकिने भएकाले सबै नागरिकले सडकमा हिड्दा वा सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नुपर्ने बताउनु भयो । सवारीको तिब्रगति अर्को दुर्घट्नाका कारण भएकाले सवारी चलाउँदा सवारीको गतिमा ध्यान दिन पनि उहाँको आग्रह छ । त्यसैगरि कार्यक्रममा प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले सहजिकरण गर्दै ट्राफिक नियम, सवारी लेनको प्रयोग, दुर्घट्नाका कारण, दुर्घट्ना न्युनिकरणका उपाय, दुर्घट्ना भइहालेमा के गर्ने भन्ने लगातयका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, अन्नपूर्ण कलेजका क्याम्पस प्रमूख मित्रहरि आचार्य, सुरक्षित यात्रा नेपालका बरिष्ठ सल्लाहकार अर्जुन रानाभाट लगायतले बोल्नु भएको थियो । बुटवल उपमहानगरपाकिला वडा नं छ को कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रमको संयोजक दीपक ढकालले सहभागीहरुलाई कार्यक्रमको उदेश्य माथि प्रकास पार्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव प्रकास कुमार नेपालले गर्नुभएको थियो ।



