निर्मल लामा स्मृति प्रतिष्ठान रुपन्देही समितिको बैठक सम्पन्न

निर्मल लामा स्मृति प्रतिष्ठान

 

बुटवल, जेठ १५ । निर्मल लामा स्मृति प्रतिष्ठान, रुपन्देही शाखा समितिको बैठक होटल मेरिगोल्ड, बुटवलमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष गंगालाल प्रधानको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव लालबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय सचिव हकिकुल्लाह खाँ प्रमुख अतिथि तथा केन्द्रीय सदस्य निमानन्द गैरे विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूबीच गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो। साथै, रुपन्देही जिल्लामा किसानहरूलाई लक्षित गर्दै “किसानसँग निर्मल लामा” कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय समेत गरिएको छ। बैठकले किसानका समस्या, आवश्यकता तथा कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने उद्देश्यले उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ। कार्यक्रममा प्रतिष्ठानका विभिन्न गतिविधि तथा आगामी योजनाबारे समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस !