जसपा नेपालका रुपन्देही २ नं क्षेत्रका उम्मेद्वार गुरुङ भन्छन् : समतामूलक समाज निर्माणका लागि मलाइ भोट दिनुस

निर्वाचन फागुन २१

बुटवल । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनता सामाजवादी पार्टी नेपालबाट रुपन्देही २ नं क्षेत्रमा आफ्नो उम्मेद्वारी दिएर प्रचारप्रसारमा व्यस्त युवा उम्मेद्वार दीपक गुरुङले समान अधिकार स्थापितका लागि आफुलाई छाता चिन्हमा भोट गरेर विजयी बनाउन आह्वान गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा उनले आमतदाताहरुका बीचमा पुग्दै समतामूलक समाज निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउने गरेका छन् । भ्रष्टाचारमूक्त, जवाफदेही र परिणाममूखि नेतृत्व प्रदान गर्ने कुरा आफ्नो प्रतिबद्धता रहेको बताउँदै उनले किसानका हकमा किसानमैत्री नीति, उत्पादन् वृद्धि र बजार सुनिस्चितता जस्ता कुरालाई अगाडि बढाएको र जीतपछि का¥यान्वयन प्राथमिकताका साथ गरिने भन्दै बुटवल, तिलोत्तमा र सैनामैनाका गल्लि र चोकहरुमा मत मागिरहेका छन् । स्थानीय पत्रकाहरुसंग कुराकानी गर्दै उम्मेद्वार गुरुङले रुपन्देही २ नं क्षेत्रमा लामो समयदेखि स्थानीय जनताहरुका बीचमा आmुले काम गरिरहेकाले यसपटक आफ्नो पक्षमा राम्रो माहोल बनेकाले जीत सुनिस्चित रहेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !