१५ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ मगर दिवस विविध कार्यक्रम सहित शुक्रबार बुटवलमा मनाउँदै छ । बुटवल ७ स्थित बाजेबजै स्थानमा मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष लुम बहादुर सारुले जानकारी दिनुभयो । करिब ३६ हजार जनसंख्या मगर रहेको बुटवलमा हजारौ संख्यामा मानिसहरुको उपस्थितिका साथ लखनचोक चौराहबाट ¥याली झाँकी प्रदर्शन सहित मूल समारोह गरिने आयोजकले जानकारी दिएको छ । बुटवलमा हुने कार्यक्रमलाई बुटवल उपमहानगरका नगर प्रमूख खेलराज पाण्डेयले उद्घाटन गर्नुहुने संघका सचिव खिमा रानाले जानकारी दिनुभयो ।




