९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको मर्निङ्ग वाक पनि हुने र नेता र कार्यकर्ताका बीचमा पनि भेट्घाट र छलफल हुने भएकाले बुटवल उपमहानगरपालिका भित्रका विभिन्न वडागत रुपमा केहि महिनादेखि भेट्घाट र छलफल नौलो रुपमा गर्ने गरिएको पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर समितिका अध्यक्ष महेन्द्र भूषालले जानकारी दिनुभयो । बुटवल उपमहानगर समितिका पदाधिकारी तथा सदस्यहरु हरेक दिन बिहान मर्निङ्गवाक कुनै न कुनै वडामा पालैपालो गरि जाने र त्यस वडाका नेता तथा कार्यकर्तासंगै आम जनताका समस्या र गुनासाहरु पनि सुन्ने कार्य निरन्तर रुपमा चलिरहेको अध्यक्ष भूषालले बताउनुभयो । मंगलबार पनि बुटवल फुलबारीमा मर्निंङ्गवाकसंगै त्यहाँका स्थानीय तथा नेताहरुसंग भेट्घाट र छलफल गरिएको र यसबाट स्थानीयका समस्या सम्बन्धमा नेताकार्यकर्ताहरुले जानकारी लिने कार्य भएको उहाँको भनाई छ ।

हालको नेपाली कम्युनिष्ट पार्टी तथा पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरु रामु परियार, रुपन्देही जिल्ला पूर्व संयोजक नारायण जिसी (निर्मल) नेताहरु सुजित विक, क्षितिज लगायतका नेताहरुले बुटवल २, फूलबारी वरपरका स्थानीय तथा पार्टीका नेताहरुसंग भेटघाट र छलफल गर्नुभएको पार्टी नगरका पूर्व कोषाध्यक्ष प्रकाश परियारले बताउनु भएको छ । यसअगाडि पार्टीले बुटवल उपमहानगर तिनाउ पारिका वडा नं १९, वडा नं १२, वडा नं १४ लगायत अन्य वडाहरुमा समेत मर्निङ्गवाक र छलफल गरिसकेको पार्टीले जानकारी दिएको छ ।




