नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीको सिंगो समिति एकताको पक्षमा

`

मंसिर ७, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पार्टी एकताको पक्षमा उभिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आइतबार मणिग्राममा बसेको दशौं पूर्ण बैठकले पार्टीले तय गरेको कार्यदिशालाई आत्मसाथ गर्दै एकताको पक्षमा उभिने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक नारायण जिसी (निर्मल)ले जानकारी दिनुभयो । पार्टीको १६ वटै पालिका, क्षेत्र र जनवर्गीय संगठनका नेताहरु सहभागी बैठकलाई सम्बोधन गर्दै विघटिठ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता एवं पूर्वमन्त्री समेत रहनुभएका चक्रपाणी खनाल (बलदेव)ले नेकपा (माओवादी केन्द)्र, नेकपा (समाजवादी) लगायत अन्य कम्युनिष्ट पार्टीहरुको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा बिना संकोच लाग्न आग्रह गर्नुभएको छ । संकिर्ण सोंचबाट माथि उठेर पार्टी एकताको पक्षमा उभिन उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ । बैठकमा बोल्दै खनालले जनार्दन शर्मा तर्फ इङ्गित गर्दै पार्टी एकता र विचार निर्माणको क्रममा छुट्ने र जुट्ने क्रम चल्ने भन्दै उहाँले पार्टी छोडेर हिँड्नेहरुको गन्तव्य टाढा नरहेको समेत जिकिर गर्नुभयो । अहिलेसम्म पार्टी छोडेर गएकाहरु केही वर्ष बाहिर हल्लिएर पार्टीमा फर्केको इतिहास रहेको बताउँदै खनालले देश गम्भिर संकटमा रहेको बेला एक ढिक्का हुनुपर्ने पार्टी छोडेर वरालिनेहरुलाई गाली र टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो । बैठकलाई नेकपा (माओवादी केन्द्र)का नेताहरु शुदर्शन वराल, हकिउल्ला खाँ रामु परियार, सोनिया यादव लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । एकतापछिको नयाँ दल नेपाली कम्युनिष्ट पार्टीको यहि मंसिर १३ गते दाङको लमहीमा लुम्विनी प्रदेशस्तरीय एकता घोषणा सभा हुनु अगाडि बसेको नेकपा माओवादी केन्द्र रुपन्देहीको अन्तिम बैठकले सो सभालाई सफल बनाउनका लागि रुपन्देहीबाट उल्लेख्य रुपमा जनसहभागिता जनाउने निर्णय समेत गरेको संयोजक नारायण जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !