गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने

`लुम्बिनी प्रदेशका तमुहरुमा पनि खुशियाली, दीप प्रज्वलन गरि स्वागत

बोधिखबर संवादाता,
बुटवल । गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट गत असार २४ गते मगर र गुरूङ्ग भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसंगै यी दुई भाषाले गण्डकी प्रदेशमा सरकारी कामकाजी भाषाका रूपमा मान्यता पाउने भएका छन् । मगर र गुरुङ समुदायको उच्च बाहुल्य रहेको गण्डकी प्रदेशमा विधेयक पारित भएसंगै यसलाई कानुन बनाएर का¥यान्वयनमा लैजान बाटो खुलेको छ । का¥यान्वयनमा आएपछि आफ्नो भाषामा नै सरकारी कार्य गर्न पाउने भएपछि गण्डकी क्षेत्रका मात्र होइन अन्य क्षेत्रका मगर र गुरुङ समुदायले समेत गण्डकी प्रदेश सरकारलाई धन्यवाद तथा का¥यान्वयनका लागि दवाव दिन सुरु गरेका छन् । तमु भाषा सरकारी कामकाजीमा प्रयोग हुनेभएपछि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश समितिले पनि रुपन्देहीमा दीप प्रज्वलन गरेर खुशियाली मनाएको छ । गण्डकी प्रदेश सभाले विधेयक पारित गरेसंगै कानुन बनेर का¥यान्वयनमा आउने आसा सहित गण्डकी प्रदेश सरकारलाई उनीहरुले धन्यवाद सहित यस ऐहिासिक कार्यको स्वागत गरेका हुन् । तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश समितिले परिषद्का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, लुम्बिनी प्रदेश मातहतका जिल्ला अध्यक्षहरु, भातृ संघ सस्थाहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच दीप प्रज्वलन तथा सम्मान कार्यक्रम आयेजना गरि गण्डकी प्रदेश सरकारको यस कार्यको स्वागत गरेको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश मात्र नभई अन्य प्रदेशमा बस्ने मगर र गुरुङ समुदाय समेतलाई आत्मसम्मान र गौरब महसुस हुने गरि विधेयक पारित गरेकाले महत्वपूर्ण कार्य भन्दै यसको का¥यान्वयनका लागि अनुरोध गरेका छन् । यस सन्दर्भमा छिट्टै कानुन निर्माण गरेर का¥यान्वयनमा लैजान समेत माग गरेका छन् ।

तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश समितिका अध्यक्ष लाल बहादुर तमुको अध्यक्षतामा बुटवलमा भएको कार्यक्रममा प्रमूख अतिथि तमु तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् केन्द्रीय समितिका सचिव मिलन तमु, तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश प्रमूख झपट बहादुर तमु, तमु युवा विद्यार्थी बिभाग प्रमुख केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव जि.यस. तमु, केन्द्रीय कार्यसमिति सदस्यहरु गंगा तमुस्यो, धन बहादुर तमु, राजेन्द्र बहादुर तमु, महेन्द्र कुमार तमु, केन्द्रीय कार्यसमिति निवर्तमान सदस्य दीपक तमु, तमुस्यो ह्युल छोजधी गुरुङ महिला राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष होमाया तमुस्यो, तमु युवा छोंजधी लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन तमु, तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही अध्यक्ष राम बहादुर तमु, कपिलवस्तु अध्यक्ष लेम तमु, नवलपरासी अध्यक्ष उदिन बहादुर तमु, दाङ अध्यक्ष मोहन तमु, अर्घाखाँची अध्यक्ष डिल बहादुर तमु, रोल्पा अध्यक्ष यम बहादुर तमु, गुल्मी अध्यक्ष विक्रमसिंह तमु, बर्दिया अध्यक्ष पूर्ण कुमारी तमुस्यो, बाँके अध्यक्ष भीम बहादुर तमु, प्युठान अध्यक्ष सुरज तमु लगायत नेता तथा अभियन्ताहरुले बोल्दै अन्य प्रदेशहरुमा पनि भाषा आयोगले सिफारिस गरेअनुसार विभिन्न समुदायका भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अगोडि बढाउन माग गरेका छन् ।

सो अवसरमा लुम्बिनी प्रदेश कार्यसमितिद्वारा पाँचौ केन्द्रीय राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र जिल्लाका अध्यक्षहरुलाई बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रम परिषद्का लुम्बिनी प्रदेश सचिव आशिष तमुको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !