लामो संघर्षपछि ६० वर्षीय तेस्रो लिङ्गी रुपाले पाइन् नागरिकता

नागरिकताका लागि तेस्रो लिङ्गीको संघर्ष

चन्दा थापामगर
प्रशिक्षार्थी पत्रकार
बुटवल, जेठ ३१ । तेस्रो लिङ्गी पहिचान बोकेका रुपा गुरुङ्गले अन्ततः ६० वर्षकी उमेरमा नागरिकता पाउन सफल भएकी छिन् । इलाका प्रशासन कार्यालयमा उनको आफ्नो तेस्रो लिङ्गीको पहिचान सहित नागरिकता पाउँदा उनी दङ्गग र हर्षविभोर थिइन् । जब उनी खुशी र दङ्ग थिइन् त्यस्का पछाडि नागरिकता लिनका लागि उनले गरेका संघर्ष र भोगेका पीडाहरु एकैछिनमा गौण भइदिए ।


बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ६० वर्षीया रुपा गुरुङले लामो संघर्षपछि मात्रै तेस्रो लिङ्गी नागरिकका रूपमा नागरिकता प्राप्त गर्न सफल भएकी हुन् । नागरिकता पाउन उनले बागलुङ सम्मको यात्रा गर्नुपर्‍यो । आमा बुवा बितिसक्नुभएका कारण बहिनीसंग नाता प्रमाणितका लागि उनी बागलुङ पुगेर बहिनीसंग नाता प्रमाणित गरेर समेत ल्याउनुपर्‍यो । नागरिकता प्राप्तिका लागि बुटवल वडा नं. ६ बाट आमाबुबाको मृत्यु दर्ता तथा बसाइँसराइको कागजात संकलन गरी वडा नं. ११ मा निवेदन् दर्ता गरि सिफारिस ल्याएपछि मात्रै उनले नागरिकताको लागि आवश्यक कागजपत्र जुटाउन सकेको रुपा बताउँछीन् । त्यसैमाथि तेस्रो लिङ्गीको पहिचानका लागि मेडिकल रिपोर्ट समेत उनले पेश गर्नुपर्‍यो । यसबाहेक प्रहरी मुचुल्का, टोलका पाँच जनाको सिफारिस लगायतका काजजातको संकलनमा महिनौ कुद्नुपरेको पीडा र भोगाइ सुनाउँछिन् रुपा । उनलाई यसरी नागरिकता प्राप्त गर्न ओमन एम्ट, त्यहाँका स्थानीय महिला तथा अन्य मानिसहरुको सहयोग रहेको तेस्रो लिङ्गी रुपा गुरुङ बताउँछीन् ।

प्रतिक्रिया दिनुहोस !