आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान
बुटवल, जेठ २६ । आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुका क्षमता अभिवृद्धि गर्ने उदेश्यले पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको एआई भनेर बुझिने कृतिम बौद्धिकता सम्बन्धि तालिमको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिमको समापन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले बुटवल उपमहानगरले पत्रकारिता र पत्रकारको समृद्धि र संरक्षणको लागि काम गर्न कन्जुस्याई नगर्ने बताउनु भएको छ । सरकारले पत्रकारहरुका हितका लागि काम गर्दा पत्रकारहरुलाई नै मन नपर्ने पो होकी भनेर संकोच मान्नुपर्ने परिस्थिति समेत सिर्जना हुनु दुःखद भएको बताउनु भएको छ । पत्रकार तथा सबै नागरिकप्रति राज्यको दायित्व हुुने कुरामा जोड दिदैं उहाँले बुटवल उपमहानगरपालिकाले नागरिकको उन्नती र समृद्धिका लागि कुनै पनि समझौता नगरी कार्य गर्ने बताउनु भएको छ । मूलधारे पत्रकारितामा आदिवासी जनजाति, महिला र सिमान्तकृतका सवाल र मुद्दालाई स्थापित गराउनका लागि आदिवासी जनजाति र महिला पत्रकारहरुलाई मूलधारको पत्रकारितामा जोड्न आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।

आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान
सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरु राना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज लुम्बिनी प्रदेश महासचिव सनु थापा, फोनिजका पूर्व केन्द्रीय सदस्य कमल चौधरी, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष माया केसी, दलित पत्रकार संघ रुपन्देही जिल्ला सचिव कृष्ण रणपाल, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका सचिव तेज बहादुर गुरुङ (सञ्जु), सहभागीहरु जेनिसा सोती, सुरेस राना लगायतले बोल्नु भएको थियो । दश दिन सम्म सञ्चालन गरिएको तालिममा एआईको प्रयोग, खोज पत्रकारिता, पत्रकारितामा प्रविधिको प्रयोग, फोटो तथा भिडियो सम्पादन, डिजिटल तथा अनलाईन पत्रकारिता लगायतका विषयमा विषय विज्ञहरुले तालिम प्रदान गर्नुभएको थियो । तालिममा प्रशिक्षकहरु उमङ्ग निरौला, चित्र गुरुङ्ग, कमल चौधरी, विष्णु भटराई, यम राना, डिवि सुस्लिङ लगायतले विभिन्न विषयमा सहजिकरण गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको सहकार्यमा सञ्चालित तालिम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाको अध्यक्षता तथा उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आकृति थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।




