मीन राना
देवदह, जेठ १ । रुपन्देही देवदह १० चरङ्गे स्थित सीता माध्यमिक विद्यालयले २०८२ को एसईई परीक्षामा विद्यालयबाट उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रमको आयेजना गर्यो । बिहीबार सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यार्थी सतप्रतिसत उत्तीर्ण गराउन शिक्षक र अभिभावकको ठूलो भूमिका हुने प्रमुख अतिथि निवर्तमान शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा कार्यपालिका सदस्य कुमार परियारले बताउनु भयो। सोही कार्यक्रममा बोल्दै उत्तीर्ण विद्यार्थीलाई उज्जवल भविष्यको कामना सहित बधाई ज्ञापन गर्नुभयो। त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि देवदह १० का वडा सदस्य तथा जनप्रिय मा.वि. का अध्यक्ष अमर लामिछानेले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अनुशासन, मेहनत र सकारात्मक सोंचका साथ अघि बढ्न प्रेरणा समेत व्यक्त गर्नुभयो । उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरूलाई विद्यालयद्वारा सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा देवदह नगरपालिका वडा नं. १० का जनप्रतिनिधिहरू भविलाल थापा, कमला परियार, निवर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्यहरू सुन्दरी गिरी, फुलमाया राना लगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षक–शिक्षिका, कर्मचारी तथा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो। शिक्षक शिवलाल क्षेत्रीको स्वागत र विद्यालयका सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




