१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष कृष्ण सारुमगरले जानकारी दिनुभयो । भलबारीचोकबाट ¥याली झाँकी प्रदर्शन सहित मूल समारोह गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रिति आले, श्याम राना, खिम रेस्मीमगर लगायतको प्रस्तुती रहने संघका उपाध्यक्ष शान्ती चिडीमगरले जानकारी दिनुभयो ।




