
४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। समितिमा लक्ष्मी थापा मगर उपाध्यक्ष, छमी गाहा मगर सचिव, संगीता गाहा मगरसह–सचिव, र सुमित सिंजाली मगर कोषाध्यक्षमा चयन भएका छन्।
त्यसैगरी, सुस्मिता थापा मगर र कृषिका पुन मगर सचिवालय सदस्यमा चयन भएका छन् । सदस्यहरुमा बसन्ती राना मगर, सुजता बलाल मगर, टोप बहादुर घर्ति मगर, उत्तम रास्कोटी मगर, अमर घर्ती मगर, सृजना राना मगर, दर्शना राना मगर, तुल्सी थापा मगर, खिम कुमारी सिंजाली मगर र निशा रेश्मी मगर निर्वाचित भएका छन् ।
सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव प्रदिप घर्तीमगर, नेपाल मगर विद्यार्थी संघका निवर्तमान केन्द्रीय संगठन सचिव तेजु रानामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सरु थापामगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष रमेश सारुमगर, नेपाल मगर विद्यार्थी संघ रुपन्देही जिल्ला अध्यक्ष राजेस सिंजालीमगर लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिंदै संगठनलाई अझ सशक्त र गतिशील बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।