अभिमुखीकरण कार्यक्रम सम्पन्न

`

बोधि खबर संवादाता
बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि धु्रवकुमार धिताल, कन्हैयालाल कसौधन, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, अरूणकुमार केवट लगायतले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत सहित लगनशील बन्न सुझाव दिनुभयो । रामचन्द्र पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा मुक्तिनाथ गैह्रे र गणेश पराजुलीले विस्तृत प्रस्तुति सहित अभिमुखीकरण प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य, अभिनय तथा कलाप्रस्तुति सहित २०३ जना नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !